Logo ६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026


सन् २०१७ कै सबैभन्दा लोकप्रिय ट्विट बाराक ओबामाको


0
Shares

ट्विटरले सन् २०१७ को ट्विटको समीक्षा गर्दै यो वर्ष ओबामाको ट्विट सबैभन्दा लोकप्रिय रहेको जनाएको छ । भर्जिनियाको शर्लोट्सभिलेमा भड्किएको नस्लीय हिंसाका बारेमा ओबामाले गरेको ट्विट सन् २०१७ कै सबैभन्दा लोकप्रिय ट्विट बनेको छ । यतिमात्र होइन, ३० करोडभन्दा बढी प्रयोगकर्ता रहेको ट्विटरकै इतिहासमा यो सबैभन्दा रुचाइएको ट्विट पनि बनेको छ ।

ओबामाले नेल्सन मन्डेलाको सन् १९९४ मा प्रकाशित आत्मकथालाई उद्धृत गर्दै ट्विट गरेका थिए । ट्विटमा उनले भनेका थिए– ‘कुनै पनि व्यक्ति अर्को व्यक्तिको शरीरको रङ, उसको पृष्ठभूमि या धर्मको आधारमा उसका लागि घृणा लिएर जन्मिएको हुँदैन ।’

ट्रम्पले धेरै ट्विट गरे पनि सबैभन्दा बढी रुचाइएको शीर्ष १० ट्विटमा उनको कुनै पनि ट्विट सामेल भएको छैन । (एजेन्सी)