Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


आज ४५ जिल्लामा सवारी साधन चलाउन रोक, साँझ ७ बजेपछि खुल्ला


0
Shares

गृह मन्त्रालयले ४५ जिल्लामा अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालनमा रोक लगाएको हो । सुरक्षाका कारण गएराति १२ बजेदेखि आज बेलुका ७ बजेसम्म यातायातका साधन चलाउन रोक लगाइएको हो ।

तर सुरक्षा निकाय र निर्वाचन प्रयोजनका लागि पास लिएका सवारी साधन भने चलेका छन् ।

यस्तै अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल, खानेपानी, शववाहन, दूरसञ्चार तथा दूध ढुवानीलगायतका सवारी साधन चल्न दिइएको गृह मन्त्रालयले जनाएको छ ।

सवारी साधन सञ्चालनमा रोक लगाइएपछि सडकहरु सुनसान देखिएका छन् ।