काठमाडौं, पुस ८ । नेपालमा उत्पादित बिजुली निर्यात गर्न बाटो खुलेको छ ।
भारतले विद्युत आयात–निर्यातसम्बन्धी निर्देशिका संशोधन गरेसँगै नेपालमा उत्पादित बिजुली निर्यात गर्न बाटो खुलेको हो । निर्देशिकालाई संशोधन गर्दै भारतले विद्युत आयातसम्बन्धी व्यवस्थालाई केही खुकुलो बनाएको हो ।
भारतको उर्जा मन्त्रालयले हालै जारी गरेको विद्युत आयात–निर्यात निर्देशिका २०१८ अनुसार छिमेकी देश, ती देशले तोकेका कम्पनी वा विद्युत व्यापारसम्बन्धी संस्थाबाट भारत सरकारले विद्युत खरिद गर्न सक्नेछ । दुई देशको आपसी समझदारीबाट पनि विद्युत खरिद गर्न सकिने निर्देशिकामा उल्लेख छ ।
यसअघि भारतीय कम्पनी वा भारत सरकारको ५१ प्रतिशत शेयर स्वामित्व भएको कम्पनीबाट मात्रै विद्युत खरिद गर्न पाउने व्यवस्था गरिएको थियो । निर्देशिका संशोधनसँगै नेपालको जलविद्युत आयोजनामा लगानी गर्ने स्वदेशी वा विदेशी लगानीकर्तालाई राहत मिल्ने भएको छ ।









प्रतिक्रिया दिनुहोस्