१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


बैंकिङ, फाईनान्स एण्ड ईन्स्टिच्युट अफ नेपालको एकदिने सम्मेलन


0
Shares

काठमाडौं, पुस ८ । बैंकिङ, फाईनान्स एण्ड ईन्स्टिच्युट अफ नेपाल (बिएफआईएन) ले डिजिटल विश्वमा मानव स्रोतको रुपान्तरण नामक एकदिने सम्मेलन आयोजना गरेको छ ।

विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको क्षमता विकास गरी वित्तीय संस्थाको संस्थागत विकास गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न बैंक तथा बिमा कम्पनीमा कार्यरत कर्मचारीहरु तथा वक्ता सहभागी थिए । 

मानवीय सम्पत्तिलाई डिजिटल संसारमा विकास गर्न सहयोग गर्नेगरी आयोजित सम्मेलनमा बैंक तथा वित्तीय संस्थाको नतिजामुखी विकासमा जोड दिइएको थियो ।