Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


खोटाङमा एमालेका भट्टराईको अग्रता


0
Shares

पछिल्लो मतगणनानुसार प्रतिनिधिसभा सदस्यतर्फ वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एमालेका विशाल भट्टराईले १५३० मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी सरस्वती बजिमयले १०४२ मत पाएकी छन् ।

यस्तै, प्रदेशसभा सदस्य ‘क’मा वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका राजन राईले ४०७ र लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका सुभाषकुमार पोखरेलले २३८ मत प्राप्त गरेका छन् ।

यस्तै, प्रदेशसभा सदस्य ‘ख’मा वाम गठबन्धनबाट उम्मेदवार बनेका रामकुमार राईले ८१४ र लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका विष्णुकुमार राईले ६१९ मत प्राप्त गरेका छन् ।