
काठमाडौं, असार १५ । नाइजेरियामा पेट्रोल बोकेको एक ट्यांकरमा आगोलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ ।
नाइजेरियाको लागोस सहरमा गुडिरहेको ट्यांकरमा एक्कासि आगोलागी हुँदा ५० भन्दा बढी सवारी–साधनहरु जलेका छन् । घटनामा थुप्रै व्यक्ति जलेर घाइते भएका छन् ।
ट्यांकरमा आगोलागी हुनेबित्तिकै आगो एउटा सवारी–साधनबाट अर्कोमा सल्कँदा ती सवारी–साधनहरु जलेका हुन् ।
विश्वमा तेल उत्पादन गर्ने अफ्रिकी मुलुकहरुमध्ये नाइजेरिया पहिलो स्थानमा रहेको छ ।
नाइजेरियामा तेल बोक्नेक्रममा धेरै आगोलागीका घटना हुने गरेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्