दाङ । दाङमा पछिल्लो समयमा माहुरी पालनतर्फ युवाहरुको आकर्षण बढ्दै गएको छ ।
सानो लगानीबाट व्यवसाय सुरु गर्ने सकिने र आम्दानीसमेत राम्रो हुने भएपछि यसतर्फ युवाको आकर्षण बढेको हो ।
जिल्लामा एक वर्षमा १० प्रतिशत माहुरीपालक कृषक बढेको माहुरी पालन महासंघ दाङले जनाएको छ ।
यसरी बढेका १० प्रतिशतमध्ये ८ प्रतिशत युवा नै रहेको महासंघ दाङका अध्यक्ष विष्णुराज श्रेष्ठले जानकारी दिए ।
एक वर्षको अवधिमा जिल्लामा व्यावसायिक माहुरीपालन गर्ने १ सय थपिएका छन् ।
पछिल्लो समयमा राज्यले माहुरीको क्षेत्रमा अनुदान बढाएका कारणले पनि युवाहरुको आकर्षण बढेको बताइएको छ ।
यस वर्ष जिल्लामा करिव ४ सय टन मह उत्पादन भएको माहुरी पालन महासंघ दाङले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्