Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


भीरबाट ट्याक्टर खसेर एकजनाको मृत्यु, अर्का एकजना घाईते


0
Shares

साँझ साढे ५ बजेको समयमा हलेसीबाट दुधकोशीतर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको ट्याक्टर सप्तेश्वर भीरबाट ७ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा ट्याक्टरमा सवार डाँडागाँउ बस्ने बर्ष २३ को बाल कुमार पुलामी मगरको घटनास्थलमा नै मृत्यु भएको हो भने सोही ट्याक्टरमा सवार बर्ष २६ को अर्जुन थापा मगरको घाईते भई उपचारकालागि प्राथमिक स्वास्थ्य चौकी दुर्छिम पठाईएको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ ।

ट्याक्टरका चालक सोही नगरपालिका बस्ने १९ वर्षीय देवेन्द्र बस्नेत फरार रहेकाले खोजी कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।