२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


नवलपुरमा कांग्रेसका डा. शसांक कोइराला र विष्णु कार्कीलाई अग्रता


0
Shares

प्राप्त भएको पछिल्लो परिणाम अनुसार नवलपुर १ बाट नेपाली कांग्रेसका डा. शसांक कोइरालाले अग्रता लिएका छन् ।

उनले १०८०७ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्धी बामगठबन्धनका भविस्वर पराजुलीले ७६५९ मत प्राप्त गरेका छन् ।

नवलपुर २ मा पनि नेपाली कांग्रेसका उम्मेदवार विष्णु कार्कीले अग्रता लिइरहेका छन् । उनले ८२४५ मत ल्याउँदा उनका प्रतिद्धन्द्धी एमालेका तिलक महतले ७४५६ मत ल्याएका छन् ।

त्यस्तै प्रदेशसभा तर्फपनि नेपाली कांग्रेसका उम्मेदवारहरुले अग्रता लिइरहेका छन् । मत गणना जारी छ ।