
तनहुँको क्षेत्र नम्बर–१ र २ मा सुरुदेखि नै प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
अहिलेसम्मको मतगणनाअनुसार तनहुँको क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १० हजार ३२६ र एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)ले १२ हजार २७३ मत प्राप्त गरेका छन् ।
त्यस्तै, सोही क्षेत्रबाट प्रदेशसभा ‘क’को सदस्यमा कांग्रेसका गोविन्द भट्टराईले चार हजार ८९१ र एमालेका उम्मेदवार रामबहादुर गुरुङले पाँच हजार ६३३ र प्रदेशसभा ‘ख’को सदस्यमा कांग्रेसका उम्मेदवार रघुनाथ पौडेलले पाँच हजार २७९ र नेकपा माओवादी केन्द्रका उम्मेदवार हरिबहादुर चुमानले ६ हजार २६० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, तनहुँ क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका शंकर भण्डारीले ११ हजार १०४, एमालेका केदार सिग्देलले १२ हजार १९१ मत पाएका छन् ।
प्रदेशसभा ‘क’को सदस्यमा कांग्रेसका प्रदीप पौडेलले चार हजार ३५ र माओवादी केन्द्रकी आशा कोइरालाले चार हजार २९२ तथा प्रदेशसभा ‘ख’को सदस्यमा कांग्रेसका ध्रुव वाग्लेले चार हजार १२ र एमालेका किरण गुरुङले तीन हजार ४५७ मत पाएको बताइएको छ ।
सीसी टीभीको निगरानीमा कडा सुरक्षा घेराभित्र दुईओटै क्षेत्रको मतगणनाकार्य भइरहेको सहायक निर्वाचन अधिकृत विश्वनाथ अर्यालले बताए । रासस
प्रतिक्रिया दिनुहोस्