
प्रतिनिधिसभा एक र प्रदेशसभा दुई स्थानका लागि भएको निर्वाचनमा नेकपा एमालेका पार्वत गुरुङ ५५ हजार ९५४ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका रुद्रबहादुर खड्काले २५ हजार ८०१ मत प्राप्त गरेका छन् ।
यस्तै, प्रदेशसभा सदस्य ‘क’मा नेकपा माओवादी केन्द्रका विशाल खड्काले २८ हजार ३५० मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका बर्मा लामाले १२ हजार ९५६ मत प्राप्त गरे ।
प्रदेशसभा सदस्य ‘ख’मा एमालेका पशुपति चौलागाइँले २३ हजार ५८ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका केशजराज चौलागाइँले १० हजार ८८० मत प्राप्त गरे । रासस
प्रतिक्रिया दिनुहोस्