२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


रौतहटमा झडप, एकजनाको मृत्यु


0
Shares

चन्द्रपुर नगरपालिका–१० को बालचनपुरमा हजामको काम गर्दै आएका २७ वर्षीय नेमीलाल ठाकुरको झडपकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठाकुरको घाँटीमा गम्भीर चोट लागेको र उनको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाकाबारेमा थप अनुसन्धान भइरहेको रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए ।

यसैबीच, घटनापछि मृतकका आफन्तले दोषीलाई कारबाहीको माग गर्दै गौर–चन्द्रपुर सडकखन्डको बालचनपुरमा चक्काजाम गरेका छन् ।

साँझदेखि भएको चक्काजामले गर्दा गौर–चन्द्रपुर सडकखन्डको यातायात ठप्प भएको छ । रासस