Logo ३१ भाद्र २०८३, बुधबार | Wed Sep 16 2026


झापा निर्वाचन क्षेत्र नं ४ मा वाम गठबन्धन विजयी


0
Shares

प्राप्त जानकारीअनुसार प्रतिनिधिसभातर्फ वाम गठबन्धनबाट नेकपा(एमाले) का उम्मेदवार लालप्रसाद साँवा लिम्बू (एलपी साँवा) ४३ हजार ४१५ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देउकुमार थेवेले २६ हजार ८२२ मत प्राप्त गरे ।

यसैगरी, प्रदेशसभामा सोही निर्वाचन क्षेत्रको (क)मा नेकपा (माओवादी केन्द्र) का झलकबहादुर मगरले १७ हजार २५६ मत प्राप्त गरी विजयी भएका छन् भने (ख) मा नेकपा(एमाले) का हीराकुमार थापाले २४ हजार ९०१ मत प्राप्त गरी विजयी भएका छन् ।

उनीहरुका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका (क) मा किरण भट्टराईले १४ हजार ४८१ र (ख)मा नेपाली काँग्रेसकै उत्तमकुमार शर्मा सुवेदीले १४ हजार ९६५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।