२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


रोल्पामा वर्षमान पुन लगभग दोब्बर मतले विजयी, प्रदेशसभामा बामकै बर्चस्व


0
Shares

अन्तिम मत परिणामअनुसार प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।

प्रतिनिधिसभाका लागि नेकपा (माओवादी केन्द्र)का उम्मेदवार वर्षमान पुनले २७ हजार ९०७ मत ल्याई विजयी भएका छन ।

पुनका निकटतम प्रतिस्पर्धी रुपमा रहेका नेपाली काँग्रेसका उम्मेदवार अमरसिंह पुनले १४ हजार १०३ मत प्राप्त गरेका छन् ।

यसैगरि प्रदेशसभा (क) मा नेकपा माओवादीका कुलप्रसाद केसीले १७ हजार ७७६ मत प्राप्त गरी विजयी भएका छन् ।

केसीका निकटतम प्रतिस्पर्धी रहेका नेपाली काँग्रेसका शेरबहादुर महराले नौ हजार ६९० मत प्राप्त गरेका छन् ।

प्रदेशसभा (ख) मा नेकपा माओवादी केन्द्रका दीपेन्द्र पुन मगरले २४ हजार ४९० मत प्राप्त गरी विजयी भएका छन् ।

पुनका निकटतम प्रतिस्पर्धी रहेका नेपाली काँग्रेसका खगेन्द्र प्रकाश हमालले नौ हजार ९६९ मत प्राप्त गरेका थिए ।

एक लाख २७ हजार ६२९ मतदाता रहेको रोल्पामा ७० हजार ७७६ मत खसेको थियो ।