२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


काँग्रेसका अर्जुननरसिंह केसीलाई एमालेका खतिवडाले १० हजार बढी मतले हराए


0
Shares

सम्पन्न भएको मतगणनाअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का नारायणप्रसाद खतिवडा ३६ हजार ८९२ मत ल्याएर विजयी भएका छन् ।

नेपाली काँग्रेसका अर्जुननरसिंह केसीले २६ हजार ३३५ मत प्राप्त गरे। विजयी भएका एमालेका उम्मेदवार खतिवडाले १० हजार ५५७ मत बढी ल्याएका हुन् ।

यस्तै, प्रतिनिधिसभा सदस्य १ को प्रदेश (क) मा नेकपा (माओवादी केन्द्र)का राधिका तामाङले १८ हजार १३७ मत ल्याएर विजयी भएकी छिन् ।

नेपाली काँग्रेसका महेन्द्र थिङले १३ हजार ३६८ मत प्राप्त गरेको निर्वाचन अधिकृत गोपाल लामिछानेले जानकारी दिए ।

यस्तै, प्रदेश (ख) तर्फ नेकपा एमालेका बद्री मैनाली २० हजार ५०९ मत ल्याएर विजयी भएका छन् । नेपाली काँग्रेसका रमेशकुमार महतले १२ हजार २१७ मत प्राप्त गरेर निकटतम प्रतिस्पर्धी बने ।

यस्तै, नुवाकोटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (क) मा नेकपा एमालेका केशवराज पाण्डेले २० हजार नौ मत ल्याएर विजयी भएका छन् ।

नेपाली काँग्रेसका जगदिश्वरनरसिंह केसीले १२ हजार ७२९ मत प्राप्त गरे । चारवटै स्थानमा मतगणना सम्पन्न भएको निर्वाचन अधिकृतबाट विजयी घोषणा गर्न भने बाँकी रहेको छ ।

नुवाकोटको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ को (ख) मा मतगणना जारी रहेको छ ।

जारी मतगणनाको दुवै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी नजिक पुगिसकेका छन् ।