२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


डोटीमा प्रदेश ‘ख’ को मतगणना रोकियो


0
Shares

स्रोतका अनुसार प्रदेश नं ‘ख’ को मतगणना भइ रहँदा कांग्रेसको पक्षमा झरेका १ सय ५० मतको मुठ्ठालाई कागजमा मत परिणाम ईण्ट्री गर्दा कर्मचारीले एक सय मात्रै उल्लेख गरेको भेटिएपछि दलहरुबीच विवाद भई मतगणना रोकिएको हो ।

यस बिषयमा मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुसंग कुरा गर्दा मतपत्र गणना गरेर मुठ्ठा पार्दा विवाद आएको बताउँदै विवाद समाधानका लागि छलफल भैरहेको बताए ।

विवादित मतगणना स्थलमा विवादपछि पत्रकारलाई निषेध गरिएको मतगणा स्थलमा बसेका पत्रकारहरुले जानकारी दिएक छन् ।

डोटीमा प्रदेशसभा ‘ख’ मा काँग्रेसबाट योगेन्द्रबहादुर शाही र बाम गठबन्धनबाट त्रिलोचन भट्ट उम्मेदवार छन् ।

यसघघिको मत परिणम अनुसार शाहीले १० हजार ७ सय ४६ मत प्राप्त गरेका छन् भने भट्ट १२ हजार ९ सय ४४ मत प्राप्तगरी अग्रेणी स्थानमा छन् ।