२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रधानमन्त्री देउवाद्वारा मानवअधिकार रक्षाका लागि एकजुट हुन आह्वान


0
Shares

६९औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा आइतबार राष्ट्रिय मानवअधिकार आयोगले केन्द्रीय कार्यालय हरिहरभवन ललितपुरमा गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले मानवअधिकार उल्लंघनका घटनाका सम्बन्धमा आयोगले गरेका सिफारिस कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

उनले मानवअधिकार संरक्षणका लागि आयोगले गरेको काम प्रशंसनीय रहेको बताए ।

प्रधानमन्त्री देउवाले सरकारले आयोगको स्वतन्त्रता, निष्पक्षता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिने प्रतिबद्धता व्यक्त गरे ।

उनले आयोगको भौतिक संरचना र आवश्यक नीति–नियमको व्यवस्था गर्न सरकार दृढ रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले दन्डहीनताको अन्त्यका लागि राजनीतिक प्रतिबद्धतासहितको प्रभावकारी कानुनको कार्यान्वयन अत्यावश्यक देखिएको बताए ।

आयोगले यस आर्थिक वर्षमा मानवअधिकार उल्लंघनका २२० उजुरीमा अनुसन्धान सम्पन्न गरी सरकारलाई सिफारिस गरेको जनाएको छ ।