
सो ठाउँमा रहेको सुशील खातीको तीन वर्षीय छोरा अनमोल खाती घरबाट बाहिर निस्कने क्रममा घरको अगाडि रहेको गेटको फप्ल्याँटो भाँच्चिएर टाउकोमा चोट लागेपछि सख्त घाइते भएका थिए ।
घाइते भएका खातीलाई तत्काल मणिपाल शिक्षण अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
यसैबिच, आजै महानगर–१७ छोरेपाटनमा वा५ख २५५८ नम्बरको बसको ढोकाबाट खस्दा भरतपोखरी बस्ने ६० वर्षीया सावित्री आचार्य र २२ दिनको नाति सम्पन्न आचार्य घाइते भएका र उनीहरुको मणिपाल अस्पतालमै उपचार भइरहेको बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्