Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


सगरमाथालगायत अन्य हिमालहरुको उचाई मापन गरिने, विज्ञ टोली खटाउने तयारी


0
Shares

भूगर्भ विभागले आज राजधानीमा एक कार्यक्रम गरी २०७२ सालको वैशाखमा गएको भूकम्पका कारण सगरमाथालगायत अन्य शिखरको उचाई घटेको भन्ने समाचार आउन थालेपछि पुनः मापन गर्ने जनाएको हो ।

विभागले विभिन्न देशका खगोलविद्लाई बोलाएर उनीहरुको सुझाव लिने काम भइरहेको जनाएको छ ।

विभागका उपमहानिर्देशक निरज मानन्धरले हिमालहरुको उचाइ नाप्न चाँडै विज्ञ टोली परिचालन गरिने जानकारी दिए ।

चीन, भारतलगायत विभिन्न देशका संघसंस्थाले सगरमाथाको उचाईमा परिवर्तन आएको भन्दै फरक–फरक आँकडा प्रस्तुत गरेका छन् ।

विज्ञहरुले भने एउटै उचाई कायम हुने गरी शिखरहरुको मापन गरिनुपर्नेमा जोड दिएका छन् ।