
राष्ट्रपति निकोलस मडुरोले मेयरको निर्वाचनमा भाग लिएका पार्टीले मात्र राष्ट्रपति निर्वाचनमा भाग लिन पाउने बताएका हुन् ।
उक्त निर्वाचनमा जस्टिस फस्र्ट, पपुलर विल, डेमोक्रेटिक एक्सन पार्टीका नेताहरुले निर्वाचन प्रणाली नै पक्षपात पूर्ण भएको र निर्वाचनले मडुरोको तानाशाहीलाई बढावा मात्र दिने भन्दै निर्वाचन बहिष्कार गरेका थिए ।
तर राष्ट्रपति मडुरोले भने निर्वाचन प्रणाली पूर्ण विश्वासयोग्य भएको जिकीर गरेका छन् । उनले विपक्षीहरु राजनीतिक नक्शाबाट हराएको समेत बताएका थिए ।
गत अक्टोबरमा मात्रै मूख्य विपक्षी पार्टीले ३ सय शहरको मेयरको चुनाव बहिष्कार गर्ने घोषणा गरेका थिए । मडुरोको सत्तारुढ सोसलिष्ट पार्टीले धेरै मेयर पदमा विजय हासिल गर्ने अनुमान गरिएको छ ।
गहिरिँदो आर्थिक संकटका कारण मडुरोको लोकप्रियता कमजोर बन्दै गएको छ ।
तर उनले भने विपक्षीलाई कमजोर बनाउदै फुटाउ र शासन गरको रणनीति अपनाउन थालेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्