२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


बैतडीमा प्रत्यक्षतर्फ १२ हजार बढी मत बदर


0
Shares

प्रतिनिधिसभातर्फ ७६ हजार १७३ मत खसेकामा ७ हजार ५४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसरी हेर्दा बैतडीमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ९ दशमलव २६ प्रतिशत मत बदर भएको छ ।

यस्तै, प्रदेशसभा ‘क’ क्षेत्रमा ३८ हजार १८ मत खसेकामा ३ हजार १३६ मत बदर भएको छ । यसरी हेर्दा प्रत्यक्षतर्फ प्रदेशसभामा ‘क’ क्षेत्रमा ८ दशमलव २४ प्रतिशत मत बदर भएको छ ।

प्रदेशसभा ‘ख’क्षेत्रमा ३८ हजार १५५ मत खसेकामा २ हजार ५९० मत बदर भएको छ । यसरी हेर्दा प्रदेशसभा ‘ख’ क्षेत्रमा ६ दशमलव ७७ प्रतिशत मत बदर भएको पाइएको छ ।

समग्रमा प्रत्यक्षतर्फ प्रदेश र प्रतिनिधिसभामा कुल खसेको मतमध्ये ८ दशमलव ९ प्रतिशत मत बदर भएको हो ।

मतदाता शिक्षा प्रभावकारी नहुँदा बदर मतको संख्या बढेको हो ।