२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


सवारी दुर्घटनामा एकजना गम्भीर घाइते


0
Shares

प्रहरीका अनुसार पाल्पा घर भएका वर्ष ३० खेमबहादुर बुढाथोकी घाइते भएका हुन् । उनको टाउको र खुट्टामा चोट लागेको तथा बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । बुढाथोकीको ट्रमा सेन्टरमा उपचार भइरहेको जनाइएको छ ।

योसँगै विगत २४ घण्टामा राजधानीमा २२ वटा दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

त्यस्तै विगत २४ घण्टामा ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्ने १,६९५ चालकलाई कारवाही गरेको छ । कारवाहीमा पर्नेहरुमा मापसे गरी सवारी चलाउने ७५ जना छन् भने लेन नियम उल्लंघन गर्नेको संख्या ४११ छ ।