
दाङ । दाङको तुलसीपुरमा बस दुर्घटनामा परी मृत्यु भएका ६ जनाको सनाखत भएको छ ।
दुर्घटनामा मृत्यु भएका २३ जनामध्ये गाडी चालक घोराही उपमहानगरपालिका–३ का मदन केसी, कृष्णसेन ईच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षकहरु घोराही–१७ का प्रदिप घिमिरे र भूमे गाउँपालिका–६ पूर्वी रुकुमका नरेश ओलीको खनाखत भएको छ ।
यस्तै दंशिशरण गाउँपालिका–१ दाङका सञ्जिव रत्गैया र घोराही–१४ का विजय जिएमको मृत्यु भएको छ ।
मृतक अर्का वीरेन्द्र कडालाको उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा निधन भए पनि उनको ठेगाना खुलेको छैन ।
अन्यको सनाखत गर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ । गाडीमा ३४ बिद्यार्थी, दुई शिक्षक र एक चालक गरी ३७ जना सवार रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।
सल्यानबाट दाङ आउँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस राप्ती राजमार्गको तुुलसीपुर–सल्यान सडक खण्डअन्तर्गत राम्रीमा सडकबाट ७ सय मिटर तल खसेको थियो ।
दुर्घटनामा घाईते भएका १४ मध्ये १३ जनाको कोहलपुर मेडिकल कलेज र एक जनाको नेपालगञ्जमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्