२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


‘सूर्य’मय धनकुटा, विजेता के भन्छन् ? (भिडियो)


0
Shares

प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई सिट रहेको धनकुटामा सबै स्थानमा एमालेका उम्मेदवार विजयी भएका हुन् ।

प्रतिनिधिसभातर्फ एमालेका जिल्ला अध्यक्ष राजेन्द्र राईले राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनिलबहादुर थापालाई १० हजार ८७४ मतान्तरले पराजित गरेका हुन् । राईले कुल ३७ हजार ३३३ मत ल्याएका छन् ।

जिल्लामा एमालेलाई माओवादी केन्द्र र राप्रपाले सघाएको थियो । थापालाई नेपाली कांगे्रस र संघीय समाजवादी फोरम नेपालको समर्थन रहेपनि हार व्यहोर्नुपर्‍यो ।

जितपछि राईले जनताले दिएको अभिमत खेर जान नदिने बताए ।

एमालेले देशैभर माओवादीसँग गठबन्धन गरेको भएपनि स्थानीय तह निर्वाचनमा सातै स्थानीय तहमा बाजी मारेकै कारण प्रदेश र प्रतिनिधिसभाका तीन सिट नै एमालेकै भागमा परेको थियो ।

धनकुटाको प्रदेश ‘क’तर्फ एमालेका निरन राई कांग्रेसका जिल्ला अध्यक्ष मनोहरनारायण श्रष्ठलाई ६ हजार ६४६ मतले पछि पार्दै विजयी भएका छन् । राईले २० हजार ७८ मत प्राप्त गरे भने श्रेष्ठले १३ हजार ४ सय ४२ मत प्राप्त गरे ।

कृषि पर्यटकन, सडक, जलविद्युत् आफ्नो मुख्य प्राथमिकतामा रहेको निरन राई बताउँछन् ।

धनकटा प्रदेश ‘ख’तर्फ एमालेका इन्द्रमणि पराजुलीले संघीय समाजवादी फोरमका अर्जुन थापालाई १२ हजार ४२० मतान्तरले हराए । पराजुजीले २० हजार ६५१ मत प्राप्त गर्दा थापाले ८ हजार २३१ मतमात्र प्राप्त गरे ।

धनकुटाको पहिचान र ऐतिहासिकतालाई जोगाउने आफ्नो मुख्य उदेश्य रहेको पराजुली बताउँछन् ।

निर्वाचनमा उम्मेदवारले शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार, सडक, प्रादेशिक राजधानीलगायतका विषयलाई आफ्ना मुख्य एजेन्डा बनाएका छन् ।

विजयी उम्मेदवारप्रति धनकुटेली मतदाताको निकै आशा रहेको छ । निर्वाचनअगाडि गरेको बाचा पूरा गर्नेमा आफुहरु ढुक्क रहेको स्थानीय भोगेन्द्र थापा बताउँछन् ।

यो निर्वाचनमा धनकुटामा रहेको कुल एक लाख पाँच हजार १८८ मध्ये ६८ प्रतिशत अर्थात् ७१ हजार २५१ मत खसेको थियो ।

भिडियो हेर्नुहोस्