Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


‘जंगली कुखुरा’ अर्थात कालिज शहरका भान्सामा पाक्न थाल्यो


0
Shares

काठमाडौं । ‘जंगली कुखुरा’ भनेर कहलिएको कालिज अब जंगलमा मात्रै सिमित रहेन ।

शहर बजारमा व्यवसायिक कालिज फार्म खुल्न थालेपछि यो पन्छीको मासु र अन्य परिकार सहजै उपलब्ध हुन थालेको छ ।

काठमाडौंको एभरेष्ट वाइल्ड लाइफ एग्रो एण्ड रिसर्च सेन्टरले मासु र आफ्नै रेष्टुरेन्ट मार्फत परिकार उपलब्ध गराउन सुरु गरेको छ ।

कम्पनीले डेढ केजी हाराहारीको कालिज ३ हजार ५ सय रुपैंयाँमा उपलब्ध गराउन थालेको छ ।

गत असार तेस्रो सातामा चल्ला अहिले बयस्क भएपछि मासु विक्री गर्न सुरु गरिएको सेन्टरका प्रबन्ध निर्देशक बाबुराम श्रेष्ठले बताउनुभयो । -नेपाल समाचारपत्र दैनिकबाट