Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


पूर्वराजालाई प्रधानमन्त्री ओलीको चेतावनीः षड्यन्त्र सफल हुन दिंदैनौं


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको विकल्पमा अरु कुनै शक्ति नभएको बताएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहका पछिल्ला गतिविधीप्रति सांकेतिक विरोध गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई तलमाथि गर्न सक्ने कुनै शक्ति नभएको जिकिर गरेका हुन् ।

‘अहिले कोहीकोही देशदौडाहा, तीर्थ र श्राद्धमा गएका छन्,’ पूर्वराजाको पोखरा भ्रमणतर्फ संकेत गर्दै उनले भने, ‘अब लोकतन्त्रलाई तलमाथि गर्न कुनै शक्ति छैन । हामी उपलब्धी गुम्न दिंदैनौं ।’

विगतमा पनि लोकतन्त्र सिध्याउने षड्यन्त्र हुँदा त्यसलाई असफल पारेको बताउँदै ओलीले त्यस्ता षड्यन्त्रलाई सफल हुन नदिने बताए ।

लोकतान्त्रिक ब्यवस्थामा कुलघरानाका मान्छेहरु छटपटाएको बताउँदै उनले नेपाली जनताले त्यस्तो शासक नभएर सेवक खोजेको बताए । -नागरिक दैनिकबाट