मंगलबार दिउँसो ४ बजेतिर इँटा तयार गर्ने ‘राउन्ड’मा काम गर्नेक्रममा राउन्डको भित्ता भत्किएर रोल्पा स्थायी घर भएकी ४० वर्षीया सलिना डाँगीको मृत्यु भएको हो ।
उनको कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचारकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
घाइते हुनेहरुमा चितवनको कालिका नगरपालिका सूर्यपुरकी कान्छीमाया बोम्जन, कालिका–३ की निर्मला थिङ, कालिका–१ की सरिता बोम्जन, रोल्पा घर भएका रिमा बुढामगर, भूपबहादुर पुन, दिलबहादुर क्षत्री र दीपा पुन रहेका छन् ।
त्यस्तै, भारत, बिहार स्थायी घर भएका अब्दुल रहिमको पनि नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
इँटाभट्टामा मजदुरहरु पुरिएपछि एक्साभेटरले खनेर तत्काल उद्धार गरिएको उद्योगका सन्चालक श्यामकृष्ण महर्जनले जानकारी दिए ।
२५ वर्षअगाडिदेखि सोही स्थानमा सन्चालित सो उद्योगमा करिब २५० कामदार कार्यरत् रहेको उद्योगका मेनेजेर शेषकान्त पौडेलले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्