Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


हामी घोषणा गरेरमात्र हिँड्ने गर्दैनौं : ऊर्जामन्त्री


0
Shares

काठमाडौं, पुस ६ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आफूहरु विकासका लागि घोषणामात्र गरेर नहिँड्ने र काम गरेर देखाउने बताएका छन् ।

शुक्रबारदेखि राजधानीमा सुरु भएको ‘निक इलेक्ट्रो टेक २०१८’ को उद्घाटनकाक्रममा उनले काम तथा कार्यक्रमहरु घोषणा गरेर हिँड्नुभन्दा पनि दीर्घकालीन नीति तय गरेर देश निर्माणको जग बसाउनेक्रममा रहेको दाबी गरेका हुन् ।

विद्युत्को विकासमा ‘टेक अर पे’ले सहज बनाएको र अब उत्पादन हुने १५ हजार मेगावाटका आयोजनालाई पनि टेक अर पेमा ल्याइने उनको भनाइ छ ।

नेपाल उद्योण वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले व्यापार घाटा कम गर्नका लागि पनि ऊर्जाको विकासमा जोड दिनुपर्ने बताए ।

नेपालमा व्यापार गर्नका लागि सरकारले सहज वातावरण बनाइदिनुपर्ने र स्वदेशी वस्तुको प्रवद्र्धनमा सरकारले जोड दिनुपर्ने उनको भनाइ छ ।

यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सरकारले गरिखाने वातावरण बनाइदिनुपर्ने, कम गुणस्तरका सामग्री आयातमा पूर्णप्रतिबन्ध लगाउनुपर्ने बताए ।

‘आर्थिक समृद्धिको संवाहक ऊर्जा’ भन्ने नाराका साथ सुरु भएको इलेक्ट्रोनिक्स सामग्रीको अन्तर्राष्ट्रिय प्रदर्शनी निक इलेक्ट्रो टेक २०१८ यही पुस १० गतेसम्म चल्नेछ ।

एक्सपोकोे एक लाखजनाले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

प्रदर्शनीमा ट्रान्समिसन, हाउस वाइरिङ, विद्युतीय सामग्रीहरु तथा वैकल्पिक ऊर्जाका सामग्रीहरुलगायतका ७५ ओटा स्टल राखिएका छन् ।