आयोगका सहायक प्रवक्ता खगेन्द्र रिजालका अनुसार प्रमुख जिल्ला इन्जिनियर केदार शर्माको निर्देशनमा सोही कार्यालयका लेखापाल केशवराज जोशी, सबइन्जिनियर डण्डीराज पाण्डे, वीरेन्द्रसिंह बडाल र नवीनकुमार दुबेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
ती चारजनाको मिलोमतोमण ठेक्का सदर गर्दा सेवाग्राहीसँग रु ६ लाख नगद र रु १४ लाख ७० हजारबराबरको चेक लिइरहेको अवस्थामा केही दिन पहिले आयोगको टोलीले पक्राउ गरेको थियो ।
आयोगले उनीहरुलाई जनही रु २० लाख ७० हजार बिगो कायम गरी जरिवाना र कैद सजाय माग दाबी गर्दै मंगलबार मुद्दा दायर गरेको हो । रासस










प्रतिक्रिया दिनुहोस्