काठमाडौं, मंसिर २६ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनले बर्चस्व जमाएका छन् । अब वाम गठबन्धको नेतृत्वमा सरकार बन्नेछ ।
साना व्यवसायीहरुले मुलुकमा अब राजनीतिक स्थायित्व कायम भइ आर्थिक समृद्धिले गति लिने आशा गरेका छन् ।
जोसुकैको भएपनि एकै दलको बहुमतको सरकार बने राजनीति स्थायित्व मिल्ने उनीहरुको भनाइ छ ।
यसले आर्थिक र नीतिगत स्थायित्व मिल्ने र आफूहरु ढुक्कसँग कारोबार गर्न पाउने उनीहरुको अपेक्षा छ ।
बारम्बार फेरिरहने सरकार र अस्थीर आर्थिक नीतिले आफूहरु धेरै मर्कामा परिरहेको गुनासो साना व्यापारीहरुको छ ।
पाँच वर्षसम्म एउटै सरकारले तय गरेको व्यापार नीतिमा काम गर्न पाए व्यापार गर्न सहज हुने उनीहरुको भनाइ छ ।
राजनीतिक स्थीरता भएमात्र मुलुक आर्थिक समृद्धितर्फ लाग्नसक्ने भएकाले जनताले गठबन्धनलाई बहुमत दिएको व्यापारीहरुको विश्लेषण छ ।
राजनीतिक स्थायित्वसँगै आर्थिक स्थायित्वको अवधारणा पूरा हुने आशामा राजधानीका अधिकांश साना व्यापारी बसेका छन् ।









प्रतिक्रिया दिनुहोस्