
हिउँ परेसँगै चिसो बढेकाले विद्यालयहरु बन्द गरिएका हुन् । माथिल्लो मुस्ताङका शिक्षण संस्थाले भने यसअघिनै पोखरा लगेर घुम्ती कक्षा सञ्चालन गर्दै आएका छन् ।
तल्लो मुस्ताङमा सञ्चालित शैक्षिक संस्थाले परीक्षा सकेर बिदा दिएका हुन् । मुस्ताङमा आधारभूत र माध्यमिक तह गरेर ५६ वटा सरकारी विद्यालय र ४ वटा गुम्वा विद्यालय सञ्चालित छन् ।
मुस्ताङको उत्तरी कोरलानाका आसपास छोसेर, छोनुप, सुर्खाङ, चराङ, मराङ, घमी र लोमान्थाङलगायतका स्थानमा सञ्चालित विद्यालय कात्तिकदेखि नै बन्द छन् ।
प्रतिक्रिया दिनुहोस्