
दाङ, पुस ६ । दाङको तुलसीपुरमा विद्यार्थी बोकेको एक बस दुर्घटना हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।
सल्यानको कपुरकोटस्थित मूलपानी वनस्पती उद्यानको अवलोकन भ्रमण गरेर फर्कंदै गरेका विद्यार्थी र शिक्षक चढेको बस शुक्रबार अपराह्न दुर्घटनामा परेको हो ।
तुलसीपुर उपमहानगरपालिका–३, राम्री भन्ने स्थाननजिकै बा४ख ९७६६ नम्बरको बस दुर्घटना हुँदा तीनजना महिला र १३ पुरूषसहित १६ जनाको मृत्यु भएको दाङका एसपी बेलबहादुर पाण्डेले जानकारी दिएका छन् ।
बसमा सहिद कृष्णसेन प्राविधिक शिक्षालयका शिक्षक तथा विद्यार्थीहरु गरी ३० जना सवार रहेको जनाइएको छ ।
बस सडकबाट ५०० मिटरभन्दा बढी तल खसेर दुर्घटना भएको हो ।
घटनास्थल तुलसीपुरबाट करिब १३ किलोमिटर उत्तरमा रहेको तथा भीरको जंगल क्षेत्रमा पर्दछ ।
घाइतेहरुलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती अञ्चल अस्पताल लगिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्