२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


खोटाङमा समानुपातिकतर्फ एमाले पहिलो


0
Shares

बुधबार बिहान समानुपातिकको घोषित अन्तिम मतपरिणामअनुसार एमाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य दुवैमा पहिलो पार्टी भएको हो ।

कुल १ लाख २५ हजार १०८ मतदाता रहेको खोटाङमा प्रतिनिधिसभातर्फ समानुपातिकमा एमालेले २४ हजार १३४, नेपाली कांग्रेसले २० हजार ७१८, माओवादी केन्द्रले १२ हजार ४३३, संघीय समाजवादी फोरम नेपालले २ हजार ४०५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले बताए ।

यस्तै, प्रतिनिधिसभामा राप्रपाले ९३२, नयाँ शक्ति पार्टी नेपालले ७२७, नेकपा मालेले ५६६, राप्रपा प्रजातान्त्रिकले ३०६ मत पाएका छन् ।

यस्तै, प्रदेशसभातर्फको समानुपातिकमा एमालेले २१ हजार ३४९, कांग्रेसले १६ हजार ८६१, माओवादी केन्द्रले १३ हजार ५२०, राप्रपाले ३ हजार १७२, संघीय समाजवादी फोरमले २ हजार १४१, नेकपा मालेले ९६९ मत पाएका छन् ।

यस्तै, नयाँ शक्तिले ७५४, राप्रपा प्रजातान्त्रिकले ६६८, राजपा नेपालले ४०४ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।