
काठमाडौं, पुस ६ । निजामती कर्मचारीले आफ्ना माग पूरा नभए आन्दोलन गर्न बाध्य हुने बताएका छन् ।
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी सरकारलाई सात दिनको ‘अल्टिमेटम’ दिँदै माग पूरा नभए राष्ट्रियस्तरमै आन्दोलन गर्ने धम्की दिइएको हो ।
उच्च प्रशासकहरुले देश चलाइरहेको आरोप लगाउँदै उनीहरुले सरकारसमक्ष १३ बुँदे मागहरुसमेत राखेका छन् ।
पत्रकार सम्मेलनमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले मागको सुुनुवाइ नभए उच्च प्रशासकहरुको सेवा–सुविधामाथि ‘सांघातिक आक्रमण’ गर्ने चेतावनी पनि दिए ।
कर्मचारी समायोजनसम्बन्धी अध्यादेशले कर्मचारीको वृत्ति विकासमा अवरोध गर्ने दाबी गर्दै उनीहरुले अध्यादेश कार्यान्वयनलाई यथास्थितिमा राख्न पनि माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्