Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


बारामा फोरमको विजयजुलुसमा हवाईफायर, चार प्रहरी घाइते


0
Shares

बाराका प्रहरी उपरीक्षक राजकुमार वैदवारकाअनुसार दिउसो साढे ३ बजे संघीय समाजवादी फोरमका कार्यकर्ताले निकालेको विजयजुलुसकाक्रममा स्थानीय समूहले अवरोध गरेपछि फोरम कार्यकर्ता र स्थानीयबीच झडप भएको थियो ।

झडपपछि स्थिति नियन्त्रणमा लिन पुगेको प्रहरीमाथिसमेत ढुंगामुढा भएपछि प्रहरीले हवाईफायर गरेको प्रहरी उपरीक्षक वैदवारले जानकारी दिए ।

झडपमा परी चार प्रहरी घाइते भएका छन् । घाइते हुनेमा एक प्रहरी नायब निरीक्षक र तीन जवान छन् ।

घटनास्थललाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाकाबारेमा थप अनुसन्धान गर्न बाराका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहको नेतृत्वमा जिल्ला प्रहरीको एक टोली बेल्दारी पुगेको छ । रासस