
वासिङ्टनस्थित केही ‘थिंक ट्यांक’हरुसँग मंगलबार भएको छलफलकाक्रममा उनले सो जानकारी दिएको जनाइएको छ ।
अमेरिकी विदेशमन्त्री टिलरसनले उत्तर कोरियासँग सीधा वार्ता गर्न अथवा बिनाकुनै शर्त नै अमेरिका तयार रहेको जानकारी दिएका छन् ।
यस विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भने केही धारणा आएको छैन । अमेरिकी विदेशमन्त्री टिलरसनको यो धारणा उनको आफ्नै हो या त्यसमा राष्ट्रपति टिलरसनको सहमति पनि छ भन्नेबारेमा पनि केही बताइएको छैन ।
विदेशमन्त्री टिलरसनले उत्तर कोरियासँग गरिने वार्ताका लागि मार्गचित्र निर्धारण गर्ने र बिनाशर्त जुनसुकै विषयमा छलफल गर्न सकिने उनले बताएका छन् ।
एकजना अमेरिकी ह्वाइट हाउसका अधिकारीको भने–‘उत्तर कोरियाको आणविक कार्यक्रम तथा समग्र उत्तर कोरियाली नीतिकाबारेमा भने राष्ट्रपति ट्रम्पको हालको धारणामा कुनै परिवर्तन नआएको जानकारी आएको छ ।’
अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्ने भनी आएको यो नै पहिलो अभिव्यक्ति हो । विगतमा यसरी अमेरिकाले वार्ताका सम्भावित शर्तहरुकोबारेमा केही कुरा राखेको थिएन ।
तर, परमाणु अस्त्रकोबारेमा उत्तर कोरियाको कार्यक्रम भने अमेरिकाले नस्वीकार्ने विदेशमन्त्री टिलरसनले प्रस्ट पारेका छन् । यसअघि, अमेरिकाले केही समयमात्रअघि वार्ताका लागि उत्तर कोरिया निःशस्त्र हुनुपर्ने भन्दै आएको थियो ।
तर, यो पछिल्लो अमेरिकी धारणामा परिवर्तन आएको देखिन्छ । यसपटक भने उनले अमेरिका बिनाशर्त नै उत्तर कोरियासँग वार्तामा बस्ने जनाएका हुन् ।
उत्तर कोरियाविरुद्ध अमेरिका, जापान र दक्षिण कोरिया एकै ठाउँमा
हालैमात्र निकै लामो समयपछि संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीबाट उत्तर कोरियाको भ्रमण भएको थियो । सो भेटबाट दुवै पक्षबीच विश्वासमा वृद्धि गर्न सफलता मिलेको उत्तर कोरियाले जनाएको छ ।
संयुक्त राष्ट्रसंघको राजनीतिक मामिला हेर्ने उपमहासचि जेफ्रे फेल्टम्यानले राष्ट्रसंघको यति उच्च तहको अधिकारीबाट सन् २०१० पनि पहिलोपटक उत्तर कोरियाको यो भ्रमण गरेको बताइएको छ ।
उपमहासचिव जेफ्रे फेल्टम्यानसहितका राष्ट्रसंघीय केही उच्च पदाधिकारीले यही डिसेम्बर ५ देखि ९ सम्म प्योङयाङको भ्रमण गरेका थिए ।
सो भ्रमणकाक्रममा उनीहरूले उत्तर कोरियाका विदेशमन्त्री, उपविदेशमन्त्री, विदेश मन्त्रालयका अन्य विशिष्ठ अधिकारीहरुसँग भेटवार्ता गरेका थिए ।
सो भेटमा भएका द्विपक्षीय वार्ताहरुमा कोरियाली प्रायद्वीपको संकटका विषयमा छलफल भएको र उक्त समस्याको शान्तिपूर्ण समाधानका लागि अधिकारीहरुले जोड दिएका पनि जनाइएको छ ।
उता, कोरियाली प्रायद्वीपमा अमेरिका, दक्षिण कोरिया र जापानले हालैमात्र सामुद्रिक सैन्य अभ्यास गरेका बताइएको थियो ।
त्रिपक्षीयरुपमा गरिएको सो अभ्यास खासगरी उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणकाविरुद्धमा लक्षित थियो ।
विशेषगरी कोरियाली प्रायद्वीपमा हुनसक्ने सम्भावित ब्यालेस्टिक क्षेप्यास्त्रको रोकावटका लागि गरिने उपायहरुकाबारेमा त्यस अभ्यासकाक्रममा एक संयन्त्रको स्थापना गरी प्रयास गरिएको बताइएको छ ।
उत्तर कोरियाकाविरुद्धमा दक्षिण कोरिया र अमेरिकाले दुई महिनामात्र अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास गरेका थिए । उक्त सैन्य अभ्यासको उत्तर कोरियाले विरोध गर्दै आएको छ ।
जापान, दक्षिण कोरिया र अमेरिकासँग उत्तर कोरियाको सम्बन्ध बिग्रिएको छ । उत्तर कोरियाले गर्ने गरेका क्षेप्यास्त्रहरुको परीक्षणमा उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकालाई लक्षित गरेको भन्ने गर्दछ ।
उत्तर कोरियाले जारी राखेको आणविक कार्यक्रमका कारण यस्तो अवस्था आएको हो । जसले गर्दा अमेरिका र उत्तर कोरियाले एक–अर्काकाविरुद्धमा निकै कडा अभिव्यक्ति दिइआएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पको केही समयमात्रअघि भएको दक्षिण कोरिया, जापान र चीनको भ्रमणका समयमा पनि उनले उत्तर कोरियाको निकै नै आलोचना गरेका थिए । रासस/एएफपी/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्