२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


इरानमा दुई दिनमा दुईओटा शक्तिशाली भूकम्प, ७३ जना घाइते


0
Shares

मंगलबार दिउसो ६.२ म्याग्निच्यूडको र बुधबार बिहान ६.१ म्याग्निच्यूडको भूकम्प गएको जनाइएको छ ।

स्थानीय समयानुसार मंगलबार दिउँसो १२ः१३ बजे गएको भूकम्पमा परी १८ जना घाइते भएका थिए ।

त्यसैगरी, बुधबार गएको भूकम्पमा परी ५५ जना घाइते भएका सरकारद्वारा सन्चालित आइआरआइबी टेलभिजन च्यानलले जनाइएको छ ।

यी दुवै भूकम्पको केन्द्रविन्दु होजाक सहरमा नै भएको भएतापनि मङ्गलबार गएको भूकम्पको पराकम्पन नभएर बेग्लै भूकम्प भएको भूगर्भशास्त्रीहरुले जनाएका छन् ।

यी दुवै भूकम्पबाट हालसम्म मानवीय र भौतिक सम्पत्तिको क्षतिको भने विवरण प्राप्त नभएको जनाइएको छ ।

भूकम्पको धक्कापछि आजसम्म यहाँको जनजीवन निकै प्रभावित भएको जनाइएको समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

भूकम्पपछि होजाक र क्रेमन सहरमा विद्यालयमा बन्द भएका छन् । स्थानीयबीच भूकम्पको त्रासका कारण बुधबार पनि विद्यालय बन्द रहने बताइएको छ ।

भूकम्पका कारण उक्त क्षेत्रका केही स्थानमा विद्युत् तथा खानेपानी सेवा अवरुद्ध भएको ‘आइआरएनए’ले बताएको छ ।

इरानमा दुई महिनामात्रअघि गएको शक्तिशाली भूकम्पबाट दर्जनौं मानिस मारिएका थिए । रासस/सिन्ह्वा