Logo २९ असार २०८३, सोमबार | Tue Jul 14 2026


सेयर बजार दोहोरो अंकले उकालो लाग्यो


0
Shares

बजार परिसूचक नेप्से १० अंकले उकालो लागेर १५ सय २० विन्दुमा पुग्यो । यसदिन सबै समूह हरियो रहे । बिमा समूह सबैभन्दा उच्च ५२ अंकले उकालो लाग्योे । होटल समूह ३८ अंकले, उत्पादनमूलक समूह ३२ अंकले र लघुवित्त समूह पनि १४ अंकले उकालो लाग्दा बाँकी समूह भने सामान्य अंकले सकारात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६४ कम्पनीका १० लाख ६१ हजार कित्ता सेयर ४९ करोड ४३ लाख रुपैयाँ बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।