
काठमाडौं, पुस ६ । दाइजो प्रथा सामाजिक विकृति भएको भन्दै मुस्लिम समुदाय विरोधमा उत्रिएका छन् ।
यही पुस १ गतेदेखि सुरु भएको देशव्यापी दाइजोविरुद्धको अभियानअन्र्तगत् शुक्रबार काठमाडौंमा इस्लामी संघ नेपालले र्यालीको आयोजना गर्यो ।
‘छोरीलाई दाइजो होइन, पैतृक सम्पत्तिमा अंश दिऔं’ भन्ने नारासहित अभियानको थालनी गरिएको हो ।
यो अभियान पुस १० गतेसम्म जारी रहने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्