Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


उत्साहित खोटाङबासीको विजयी उम्मेदवारसँग यस्ता छन् अपेक्षा (भिडियो)


0
Shares

निर्वाचनका क्रममा उम्मेदवारले दिएका आश्वासन पूरा भए आफ्नो ठाउँको धेरै विकास हुने अपेक्षा उनीहरुको छ ।

खोटाङ रुपाकोट मझुवागढीका टंक आचार्यले भने जस्तै खोटाङमा यी कुराहरुको आवश्यकता बढी देखिएको छ ।

सडक, बिजुली, खानेपानी, शिक्षा जस्ता अत्यावश्यक कुराहरुमै रुमल्लिएका जिल्ला आम मतदाता अव भने गाउँमा विकास हुने अपेक्षा गर्छन् ।

पूर्वी पहाडी जिल्ला खोटाङमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक दुबैतर्फको मतगणना सम्पन्न भैसकेको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यतर्फका सबै सिटमा वाम गठबन्धनले आफ्नो जितको झण्डा फहराइसकेका छन् ।

समानुपातिकतर्फ पनि एमाले २४ हजार १ सय ४३ मत ल्याएर पहिलो, काँग्रेस २० हजार ७१८ मत ल्याएर दोस्रो र माओवादी केन्द्र १२ हजार ४ सय ३३ मत ल्याएर तेस्रो भएका छन् ।

खोटाङमा मात्र नभई देशैभर अहिले बाम गठबन्धनको लहर छाएको छ । त्यसैले पनि अव विकासको दायित्व यही गठबन्धनकै काँधमा रहेको मतदाता बताउँछन् ।

एक लाख २५ हजार १ सय ८ मतदाता रहेको खोटाङमा प्रतिनिधिसभातर्फ ६६ हजार ९ सय ५६, प्रदेशसभा (क) मा ३६ हजार ५ सय ५४, प्रदेशसभा (ख) मा ३४ हजार ६ सय ९८ मत खसेको थियो ।

खोटाङका आम मतदाताको अपेक्षा जिल्लाको विकासनै रहेको छ । त्यसैले पनि यहाँबाट निर्वाचित प्रतिनिधिले मतदाताको भावना बुझेर काम गर्नुपर्ने देखिन्छ ।

(भिडियो)