नेपाल धितोपत्र बोर्डले सान्जेनलाई साधारण सेयर निष्काशनको अनुमति दिएको हो ।
चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीले निर्माण गरिरहेको यो कम्पनीले पहिलो चरणमा कर्मचारी सन्चय कोषका सन्चयकर्ता, कम्पनीका कर्मचारी, नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी, साविक जिल्ला विकास समिति रसुवा र साविक चिलिमे गाविसका कर्मचारीका लागि प्रदान गरिने साधारण सेयर बिक्रीको अनुमति दिइएको हो ।
बोर्डबाट स्वीकृति पाएको ६० दिनभित्र पहिलो चरणमा कोषका कर्मचारी र सन्चयकर्तालगायतलाई साधारण सेयर बिक्री गरिनेछ । सन्चय कोषका सन्चयकर्ताका लागि १९.५ प्रतिशत, त्यहाँ कार्यरत कर्मचारीका लागि एक प्रतिशत र कम्पनीमा कार्यरत कर्मचारीका लागि ३.५ प्रतिशत सेयर बिक्री गरिनेछ ।
सन्चयकर्तालगायतलाई साधारण सेयर बिक्री गरेपछि स्थानीय प्रभावितलाई १० प्रतिशत र आम नेपालीका लागि १५ प्रतिशत सेयर निष्काशन गर्ने कम्पनीको तयारी छ ।
कम्पनीले रसुवामा निर्माणाधीन ५७.३ मेगावाटका माथिल्लो र तल्लो सान्जेन जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सोमध्ये माथिल्लो सान्जेन निर्माणको कार्य अन्तिम चरणमा पुगेको कम्पनीका प्रमुख किरण श्रेष्ठले बताए । रासस









प्रतिक्रिया दिनुहोस्