१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


दोस्रो बहुक्षेत्रीय पोषण योजना सार्वजनिक


0
Shares

बिहीबार राजधानीमा राष्ट्रिय योजना आयोगले गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री दीपक बोहराले दोस्रो बहुक्षेत्रीय पोषण योजना सार्वजनिक गरेका हुन् ।

सन् २०१८ देखि कार्यान्वयनमा आउने पोषण योजना सन् २०२० सम्म चल्नेछ ।

पोषण योजनाको लागत भने ४८ अर्ब रुपैयाँ रहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले जानकारी दिए ।

पोषण योजनाका लागि नेपाल सरकारले ५९ प्रतिशत रकम विनियोजन गर्नेछ भने विकासका लागि साझेदार संस्थाले ४१ प्रतिशत रकम निकासा गर्ने आयोगका उपाध्यक्ष वाग्लेको भनाइ छ ।

पोषण योजना कुपोषणका कारण हुने पुड्कोपन, एनिमियाजस्ता समस्यामा केन्द्रित रहनेछ ।

बजेटलाई शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, महिला, बालबालिका र स्थानीय निकायका लागि खर्च गरिने आयोगका उपाध्यक्ष वाग्लेले जानकारी दिए ।