२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


‘हस्तकलालाई संस्कृतिसँगै पर्यटनसँग पनि जोडौं’


0
Shares

बिहीबार राजधानीमा नेपाल हस्तकला महासंघको ४५औं वार्षिकोत्सव तथा छैटौं हस्तकला दिवसको उद्घाटन कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले महासंघका नयाँ कार्यक्रममा सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।

मन्त्रालय आर्थिक हिसाबले महासंघलाई सहयोग गर्न नसके पनि कानुनीलगायत सबै स्तरबाट सहयोग गर्न तयार रहेको सचिव न्यौपानेको भनाइ छ ।

मन्त्रालयले हस्तकला व्यापारीलाई ५ प्रतिशतसम्म ‘इन्सेटिभ’ दिनसमेत पहल गर्ने सचिव न्यौपानेले बताए ।

नेपाली हस्तकलाको उत्थान र प्रवद्र्धनका लागि महासंघको प्रत्येक कार्यक्रममा मन्त्रालय उपस्थित हुने पनि उनले प्रतिबद्धता व्यक्त गरे ।

हस्तकलालाई संस्कृतिसँगै पर्यटनसँग पनि जोड्न महासंघका अध्यक्ष धर्मराज शाक्यले आग्रह गरे ।

हस्तकलाको समस्यालाई निराकरण गर्न सरकार र सरकारी निकायसँग समन्वय गरेर अघि बढ्नुपर्नेमा अध्यक्ष शाक्यले जोड दिए ।

हस्तकला क्षेत्रबाट वार्षिक १० अर्ब रुपैयाँको हाराहारीमा निकासी र सोही अनुपातमा आन्तरिक बजारमा कारोबार गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याइरहेको महासंघले जनाएको छ ।

यस क्षेत्रमा झन्डै ११ लाख व्यक्तिहरु प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा संलग्न रहेको जनाइएको छ ।