
रिता नामको चिम्पान्जी यही डिसेम्बर १५ देखि ५८ वर्ष लागेको र उनी नै सबैभन्दा बृद्ध भएको चिडियाखानाले जनाएको छ ।
दिल्ली चिडियाखानामा राखिएकी उनको जन्मोत्सव समारोहमा केक, फलफुल र मह खुवाइएको थियो ।
जन्मोत्सव मनाउनका लागि विद्यालयका बालबालिकाहरुलाई पनि बोलाइएको चिडियाखानाका निर्देशक रेनु सिंहले बताइन् । यो चिडियाखानामा यसरी जन्मोत्सव मनाइएको पहिलो पटक होइन । यही वर्षको जुलाइमा विजय नामक सेतो बाघको दशौं जन्मोत्सव मनाइएको थियो ।
रिता नामक चिम्पान्जी सन् १९६४ मा नेदरल्यान्डमा जन्मेकी हुन् । उनलाई चार वर्षको उमेरमा भारत ल्याइएको थियोे ।
उनले धेरै समय दिल्ली चिडियाखानामा विताएकी छन् । चिम्पान्जीको औषत आयु ४० वर्ष भएपनि त्यो भन्दा धेरै लामो उमेरसम्म उनी बाँचेकी हुन् । (रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस्