Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


पाल्पामा एक्साभेटर पुरिँदा सहचालक बेपत्ता


0
Shares

पहिरोमा सहचालक बझाङग जिल्ला थलास गाउँपालिकाका निवासी २१ वर्षीय सुनिलकुमार सिंह पुरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पाल्पा, बगनासकाली गाउँपालिका–६ यम्घामा कुटिडाँडानजिकैको कालीगन्डकी कोरिडोरको सडक विस्तारकाक्रममा एक्सकाभेटर पुरिएको हो ।

सहचालक सिंहले एक्सकाभेटर चलाइरहेकाले उनी माटोमा पुरिएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनास्थलमा सहचालकको चप्पल भेटिएको छ ।

चालक भने चिया पिउन बसेकाले दुर्घटनाबाट जोगिएका थिए । रासस