
डडेल्धुरा, पुस ६ । डडेल्धुराको नवदुर्गा गाउँपालिकामा खानेपानीको हाहाकार भएको छ । एक गाग्री पानीका लागि यहाँका बासिन्दालाई घन्टौं हिँड्नुपर्ने बाध्यता छ ।
नवदुर्गा गाउँपालिका वडा नं. १ सुनको, देउमडा, नरा र कोटेलीमा पानीको चरम अभाव भएको हो । २५० घरधुरीले तीन दशकदेखि पानीको अभाव झेल्दै आएका छन् । यहाँका मानिस खानेपानीका लागि निकै टाढा खोलामा पुग्नुपर्ने बाध्यता छ ।
खानेपानीलाई सहज बनाउन भन्दै कोटेलीमा वृहत खानेपानी आयोजना निर्माण गर्ने भनिए पनि अझै त्यसले पूर्णता पाउन सकेको छैन । केही सीमित व्यक्तिले आयोजनालाई ठगी खाने भाँडोका रुपमा वर्षौंदेखि प्रयोग गर्दै आएकाले स्थानीयले समस्या भोग्नुपरेको हो । आयोजनाको काम चाँडै सम्पन्न गर्न स्थानीयले माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्