३ भाद्र २०८२, मंगलबार | Tue Aug 19 2025


टिमुरेका पहिरो पीडितलाई राहत प्रदान


0
Shares

रसुवा, पुस ६ । रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेका पहिरो पीडितलाई राहत प्रदान गरिएको छ ।

गत साउन ९ गते गएको पहिरोमा परेर मृत्यु भएका तथा घरमा क्षति पुगेका पीडित परिवारलाई गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङले तीन लाख ६० हजार रुपैयाँ सहयोग प्रदान गरे । गाउँपालिकाको विपद् व्यवस्थापन कोषअन्तर्गत एकै घरका दुईजना मृतकका परिवारलाई १ लाख ६० हजार तथा पहिरोले क्षति पुगेका ४ घरका परिवारलाई प्रतिपरिवार ५० हजार रुपयाँ प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष तामाङले जानकारी दिए ।

जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा गएको पहिरोले ९ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए । पहिरोले चार घर पूर्ण रुपमा क्षति गरेको थियो ।