२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


मौसम प्रतिकूल हुँदा गोमा एअरको कार्गो विमान दुर्घटना : प्रतिवेदन


0
Shares

गत जेठ १३ गते सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको दुर्घटनाको छानबिन गर्न गठित दुर्घटना जाँच आयोगले शुक्रबार सरकारलाई प्रतिवेदन बुझाएको हो ।

एक्कासि मौसम प्रतिकूल हुँदा भिजिबिलिटी कम भएर अवतरणकाक्रममा विमान दुर्घटना भएको निष्कर्ष प्रतिवेदनमा रहेको छ ।

आयोगका अध्यक्ष त्रिरत्न मानन्धरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवलाई छानबिन प्रतिवेदन बुझाएका हुन् ।

गत जेठ १३ गते दिउँसो साढे १ बजे काठमाडौंबाट कार्गो लिएर उडेको कार्गो विमान अवतरणकाक्रममा रूखमा ठोक्किएर लुक्ला विमानस्थलनजिकै दुर्घटना भएको थियो ।

दुर्घटनामा चालक दलका सदस्य तीनजनाको मृत्यु भएको थियो ।