
घरनजिकै रहेको मुठे परालमा आगो सल्किएपछि रामबहादुर खापुङ र छेऊमै रहेको उनकी आमाको घर जलेर पूर्णरुपमा नस्ट भएको हो ।
बच्चाहरुले लाइटर खेलाउँदा मुठे परालमा सल्किएको आगोले ती घर नस्ट बनाएको स्थानीयवासी कृष्ण बाँस्कोटाले जानकारी दिए ।
आगोलागीबाट करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।
घरमा भएका अन्नपात, लत्ताकपडालगायत सबै सामग्री जलेर नस्ट भएको खापुङले बताए ।
शुक्रबार मध्याह्न सल्किएको आगो स्थानीयवासीले केही समयपछि नियन्त्रणमा लिएका थिए ।
घर र लत्ताकपडा सबै जलेर नस्ट भएपछि खापुङको ६ जनाको परिवार बिचल्लीमा परेको छ ।
प्रतिक्रिया दिनुहोस्