कैलाली क्षेत्र नम्बर–५ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नारदमुनि रानाले शुक्रबार महोत्सवको उद्घाटन गरे ।
सो अवसरमा रानाले सुदूरपश्चिम महोत्सवले कैलाली जिल्लाकोमात्र नभएर समग्र ७ नम्बर प्रदेशको आर्थिक विकासमा अहम् भूमिका खेल्ने बताए ।
उनले भारतसँग सीमा जोडिएको गौरीफन्टा नाकालाई ७ नम्बर प्रदेशको प्रमुख नाकाकोरुपमा विकास गरिने बताए ।
महोत्सवको उद्घाटनक्रममा सुदूरपश्चिमका विभिन्न कला, संस्कृति झल्कने झाँकीहरु प्रस्तुत् गरिएको थियो ।
हरेक वर्ष मंसिर २२ देखि पुस २ गतेसम्म हुँदै आएको महोत्सव यसपटक प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण केही ढिला भएको हो ।
महोत्सव आगामी पुस १० गतेसम्म चल्ने आयोजकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्